बुखारेस्ट, रोमानिया, २६ साउन – रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले शनिबार जनाएको छ ।
रोमानियाको राजधानी बुखारेस्टमा शुक्रबार भएको प्रदर्शनमा दशौँ हजार (करीब ८० हजार) रोमानियालीको सहभागिता रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भ्रष्टाचार आरोपमा वामपन्थी सरकारको राजिनामा माग गर्दै भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले व्यापक पानीका फोहरा र अश्रुग्यासको प्रयोग भएको थियो ।
अश्रुग्यास र पानीका फोहरासहितको प्रहरी दमनमा थुप्रै व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको छ ।
आन्दोलनमा तैनाद करीब ३० प्रहरी घाइते भएका छन् जसमध्ये ११ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटनामा केही सञ्चारकर्मीसमेत घाइते भएका बताइएको छ ।
यूरोपियन यूनियन (इयू) को अध्यक्षतासमेत गरिरहेकी अष्ट्रियाली चान्सलर सेवेस्टियन कुर्जलले आन्दोलनमा भएका झडपहरूप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसमेत घाइते हुनेगरी सरकारद्वारा भएको दमनको आलोचना गर्नुभएको छ । ‘हामीले बुकारेस्टमा कैयौँ सञ्चारकर्मीसहित सयौँ प्रदर्शनकारीमाथि भएका दमनबारे पूर्ण स्पष्टीकरणको आशा गर्छौं’- उहांले भन्नुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल