बुखारेस्ट, रोमानिया, २६ साउन – रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले शनिबार जनाएको छ ।
रोमानियाको राजधानी बुखारेस्टमा शुक्रबार भएको प्रदर्शनमा दशौँ हजार (करीब ८० हजार) रोमानियालीको सहभागिता रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भ्रष्टाचार आरोपमा वामपन्थी सरकारको राजिनामा माग गर्दै भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले व्यापक पानीका फोहरा र अश्रुग्यासको प्रयोग भएको थियो ।
अश्रुग्यास र पानीका फोहरासहितको प्रहरी दमनमा थुप्रै व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको छ ।
आन्दोलनमा तैनाद करीब ३० प्रहरी घाइते भएका छन् जसमध्ये ११ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटनामा केही सञ्चारकर्मीसमेत घाइते भएका बताइएको छ ।
यूरोपियन यूनियन (इयू) को अध्यक्षतासमेत गरिरहेकी अष्ट्रियाली चान्सलर सेवेस्टियन कुर्जलले आन्दोलनमा भएका झडपहरूप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसमेत घाइते हुनेगरी सरकारद्वारा भएको दमनको आलोचना गर्नुभएको छ । ‘हामीले बुकारेस्टमा कैयौँ सञ्चारकर्मीसहित सयौँ प्रदर्शनकारीमाथि भएका दमनबारे पूर्ण स्पष्टीकरणको आशा गर्छौं’- उहांले भन्नुभयो ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम