सिओल, २५ साउन – उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको तथा आणविक परीक्षण केन्द्रहरु बन्द गरेको बताएको छ । तर, अमेरिकाले एकपक्षीय रुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकामा उत्तरले कडा आपत्ति जनाएको छ ।
“अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ, यो विगतमै असफल भइसकेको सिद्धान्त हो,” उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।
‘यही रबैया जारी रहेमा कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै प्रत्याभूति छैन’- प्रवक्ताले भनेका छन् । तैपनि, उत्तर कोरियाली ती अधिकारीले भनेका छन्, “विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।”
“ढिलै भएपनि संयुक्तराज्य अमेरिकाले हाम्रा इमान्दार प्रयासहरुलाई सही रुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ,” मन्त्रालयले भनेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी