काठमाडौँ, २३ साउन – नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे अवगत गराउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माणलगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको प्रदेश, जिल्ला र जनसंगठनस्तरका एकताका लागि तयारीबारे छलफल भए पनि बैठक पुनः चाँडै बस्ने गरी सकिएको छ ।
सचिवालयको दुई साताअघिको बैठकमा नेता श्रेष्ठले चिकित्सक डा गोविन्द केसीको अनशनका विषयमा नेतृत्वसँगको असन्तुष्टिका कारण प्रवक्ताबाट राजीनामा दिएको बाहिर आए पनि त्यसबारे कार्यसूची बनाएर छलफल नभएको बुझिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय