‘खराव वातावरणीय कानून’ का कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको छ ।
कानूनले उपलब्ध पानीलाई उचित ढङ्गले उपयोग गर्न अनुमति नदिएपछि राज्य नै डढेलोका कारण आक्रान्त बनेको अमेरिकी राष्ट्रपतिले दावी गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले भन्नुभयो, “क्यालिफोर्नियाको डढेलो दिनप्रतिदिन फैलिएको छ र यसले राज्यका जनतामा नराम्रो प्रभाव परेको तर यस अवस्थामा पनि उपलब्ध पानीलाई यथोचित रूपमा उपयोग गर्न वातावरण कानून समस्या भएको छ ।” क्यालिफोर्नियाको पानी प्रशान्त महासागरतर्फ लगिएकोले आगो निभाउन पानीको अभाव भएको उहाँको दावी थियो ।
“आगो नियन्त्रणका लागि रूखहरू फाँड्न जरूरी छ तर वातावरण कानूनले यसलाई रोक्छ,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा उल्लेख गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिले थप लेख्नुभएको छ, क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउन ले पानीको वहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा ‘मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगिएको’ छ । प्रशस्त पानीसहितको क्यालिफोर्नियाको कल्पना गरौँ त यो पक्कै पनि राम्रो हुनेछ । संघीय सरकारले छिट्टै स्वीकृति दिनु पर्छ, ट्वीटर सन्देशमा उल्लेख गरिएको छ ।
क्यालिफोर्नियामा विनासकारी डढेलोले राज्यमा वितण्डा मच्चाएको छ । यसका कारण राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पुरयाएको बताइएको छ ।
विभिन्न १७ स्थानमा फैलिएको डढेलो नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकले अनवरत काम खटिरहेको भएपनि एक हप्ता पहिलेदेखि शुरु भएको आगो अझै तातो, सुख्खा तथा तुफानी रूपमा फैलिइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी