सिओल, २२ साउन – दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता कार्यक्रम अघि बढाउन लागिएको अधिकारीहरुले बताएका छन् ।
एक वर्षअघि, दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रम र युनिसेफ मार्फत करिब ८० लाख अमेरिकी डलरको पोषणयुक्त खानेकुरा र खोपहरु जस्ता सहायता सामग्री प्रदान गरेको थियो ।
तर उत्तर कोरियाले आणविक परीक्षण समेतका कृयाकलापहरु अघि बढाएसँगै यो कार्यक्रम रोकिएको थियो ।
खाद्य उत्पादनमा आएको गिरावट र कुपोषणको अवस्थाबाट सङ्कटमा परेको उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउने अमेरिकी प्रस्तावलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदले मन्जुरी दिएको छ ।
नयाँ निर्देशिका बमोजिम राष्ट्रसङ्घ र अन्य समूहहरुलाई उत्तर कोरियामा आफ्ना कृयाकलाप अघि बढाउन सहज भएको छ । सुरक्षा परिषद् समितिले नै उत्तर कोरियाली सरकारमाथि लागेका प्रतिबन्धहरुको कार्यान्वयन अनुगमन गरिरहेको छ ।
“हाम्रो सरकारले ८० लाख अमेरिकी डलर नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ,” नाम नबताउने शर्तमा ती अधिकारीले बताए । “अब काममा तीव्र प्रगति हुने अपेक्षा गरिएको छ ।”
राष्ट्रसङ्घको नयाँ व्यवस्थाले उत्तर कोरियाका लागि थप मानवीय सहायता जुटाउन सिओललाई पनि बाटो खुलेको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त