काठमाडौं–एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु प्रतियोगिताको दोस्रो खेलमा नेपाल विजयी भएको छ । शुक्रबार नेदरल्याण्ड्समा भएको पहिलो एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि १ रनको रोमाञ्चक जित निकालेको हो ।
एकदिवसीय राष्ट्रको मान्यता पाएको साढे चार महिनामा नेपालले हात पारेको यो जित एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको पहिलो जित समेत हो । जितसँगै नेपाल र नेदरल्याण्ड्सबीचको दुई खेलको एकदिवसीय सिरिज बराबरी भएको छ । यसअघि पहिलो खेलमा नेदरल्याण्डसले नेपालमाथि ५५ रनको जित निकालेको थियो ।
शुक्रबारको रोमान्चक खेलमा नेपालले अन्तिम बलमा जित हासिल गरेको थियो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४८.५ ओभरमा अलआउट हुँदै २ सय १६ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्डसले निर्धारित ५० ओभरमा ९ विकेट क्षतिमा १ सय १५ रनमात्र जोड्न सक्यो ।
अन्तिम ओभरमा नेदरल्याण्डसलाई जितका लागि ६ रनको आवश्यकता थियो । नेपालका कप्तान पारस खड्काको सुरुवाती ५ बलमा नेदरल्याण्डसले ४ रन जोड्यो । अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा पारसले बराबरी समेत गर्न नदिइ नेदरल्याण्डसका क्लासनलाई रन आउट गरेपछि नेपालले रोमान्चक जित निकालेको हो ।
नेदरल्याण्डसका लागि बेस्ले बारेसीले सबैभन्दा बढी ७१ रन जोडे । दिपेन्द्रसिंह ऐरीको एल्बीडब्ल्युको शिकार हुनुअघि उनले ८ चौका प्रहार गरेका थिए । यस्तै, डेर ब्राकले ३९, कप्तान पिचर सिलारले २१ र बेन कपुरले १९ रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित भण्डारीको नाममा २ विकेट रह्यो । यस्तै सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ७१ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, पारसले ६ चौका र २ छक्काको मद्दतले ५१ रन जोडे । दीपेन्द्र सिंह ऐरी १९ रनमा रनआउट भए । सुवास खकुरेलले १९ र आरिफ शेखले १६ रन जोडे, अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेदरल्याण्डसका फ्रेडरिक ज्याक कालिसनले ३ विकेट लिए भने एमजेजी रिप्पोन र पिए सेल्लरले २-२ विकेट लिए । नेपालका सोमपाल कामी ‘म्यान अफ द म्याच’ घोषित भए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता