लन्डन । हाल बेलायत रहेकी मिस नेपाल सुविन लिम्बुको प्रोजेक्टमा यहांस्थित
सुन्दरीहरुले आर्थिक सहयोग जुटाएका छन् । मिस यूके नेपाल प्रतियोगिता आयोजना गर्ने इभेन्ट एण्ड आइडियाज्ले सोमबार सांझ नीरमाया रोधीघर, अल्डरसटमा एउटा डिनर कार्यक्रम राखी तीनसय ७० पाउण्ड सहयोग गरेको हो ।
सहयोग पाएपछि सुविनले आयोजकप्रति आभार व्यक्त गरेकी छन् ।
इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङले मिस नेपाल सुविनको नेपालका गरिव विद्यार्थीहरुलाई सघाउने एउटा च्यारिटी प्रोजेक्ट ‘स्टुडेन्ड फर स्टुडेन्ट’ का लागि सानै भएपनि सहयोग जुटाउन पाएकोमा प्रसन्नता व्यक्त गरिन् ।
पूर्व मिस यूके नेपाल दुर्गा गुरुङले सञ्चालन गरेको कार्यक्रममा अहिलेकी मिस यूके नेपाल निया देवान, पूर्व मिस यूके नेपाल गौमाया गुरुङ लगायतले सुविनलाई स्वागत गरेका थिए ।
डिनर कार्यक्रमलाई सुन्दरीहरुले मनोरञ्जनात्मक बनाए । कार्यक्रममा ल्होसारका लागि नेपालबाट आएका लोकगायक गणेश गुरुङ, नीरमाया रोधीघरमा गाउने दौलत राई, दाजु भाइ र आर के स्क्वायर व्याण्डले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]