काठमाडौँ, १८ साउन – दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ ।
नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे ।
सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने ८, अनिलकुमार साह ४, ललित भण्डारी ४, रोहितकुमार पौडेल ६ तथा बसन्त रेग्मीले एक रनमात्र जोडे ।
बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले दुई-दुई विकेट लिए ।
नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।
एकदिवसीय क्रिकेट खेल्ने नेपाली चौथो कान्छा खेलाडी
दोस्रो एकदिवसीय खेलमा मौका पाएका नेपालका रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै कान्छा खेलाडीको सूचीमा चौथो नम्बरमा परेका छन् ।
नेदरल्यान्ड्ससँगको पहिलो खेलमा घाइते भएका शरद भेषावकरको स्थानमा आज पौडेलले मौका पाएका थिए । सबैभन्दा कान्छा खेलाडीको सूचीको पहिलो स्थानमा भने पाकिस्तानका क्रिकेटर हसन राजा छन् ।
त्यसैगरी दोस्रो स्थानमा केन्याका गुरदीप सिंह तथा तेस्रो स्थानमा क्यानडाका नितिश कुमार रहेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता