काठमाडौँ, १६ – नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् ।
नेदरल्यान्ड्सस्थित भिआरए मैदान भर्खरै शुरु भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् ।
गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ । नेदरल्याण्ड्सले अहिले ३० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा १२९ रन बनाएर खेलिरहेको छ । नेपालका कप्तान पारस खड्काले २ र सन्दीप लामिछानेले १ विकेट लिएका छन् ।
नेदरल्याण्डद्वारा नेपालसामु १९० रनको लक्ष्य प्रस्तुत
पहिलो अन्तर्राष्ट्रिय एकदवसीय खेल खेलिरहेको नेपालालई नेदरल्याण्डले १९० रनको लक्ष्य दिएको छ ।
नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाउन सक्यो ।
नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिए पनि अन्य ब्याट्स म्यानले खासै प्रदर्शन गर्न सकेनन् ।
नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिँदा २६ रनमात्र दिएका थिए । त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक-एक विकेट लिए । १९० रनको विजयी लक्ष्यसाथ मैदान उत्रेको नेपालले ७ ओभर खेल सकिँदा बिना विकेट ३५ रन बनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]