
रियो दि जेनेरियो, ब्राजिल, १३ साउन – ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिनुभएको छ ।
ब्राजिलियाली फुटबलका टोली नेता (क्याप्टेन) नेमारले हालै रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर आएको आलोचनालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो, खुट्टाका नलीमा जुत्ताको चोटलाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वभाविक हो ।
‘हुनसक्छ, पीडाका कारण जमिनमा म ढल्दा अस्वभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वभाविक अभिनय भन्नुभयो होला तर यो मेरो बाल्यकालदेखिकै बानी हो’- उहाँले एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा बताउनुभयो ।
पेरिस सेन्ट जर्मनका फरवार्ड खेलाडी नेमारले पोर्चुगाली भाषामा भन्नुभयो, “तपाईहरू सबैले सोच्नुहोला खेलका समय म धेरै नै लडेँ । तर वास्तवमा म लडेको हो, अभिनय गरेको होइन । हुनसक्छ, खेलका समय मैले शरीरलाई केही सन्तुलित पार्नसक्नुपथ्र्यो त्यो सक्दिन । यो मेरो स्वाभाव बनिसकेको छ ।” यसबाट मलाई नै खुट्टाको गोलीगाँठोमा चोट लागेको छ र गत फेब्रुवरीमा शल्यक्रिया नै गर्नुपरेको थियो ।
उहाँले भन्नुभयो, “जतिवेला म लड्छु नि यो मैले एउटा अभिमानी बालकले जस्तो गलत धारणा राखेर लडेको होइन तर म अझै मेरो समस्यालाई व्यवस्थापन गर्न सिकिसकेको छैन । मभित्र त्यहाँ अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाँही यसले विश्वलाई दिग्भ्रमित पारिदिन्छ । तपाईहरूको आलोचनाले मलाई मेरो कमजोरी सच्चाउने अवसर मिल्छ । यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ ।”
ब्राजिलियाली फुटबल स्टार नेमारले गत हप्ता एएफपीलाई दिएको अन्तवार्तामा ब्राजिलको विश्वकपमा अनपेक्षित हारले आफूलाई कहिलेकाँही बललाई नहरौँ जस्तो लाग्ने गरेको वा अब फुटबल नै नखेलौँजस्तो लाग्ने गरेको खुलासा गर्नुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता