वासिङटन, १२ साउन – अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुरव्यवहार गरेको आरोप लागेको छ ।
यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन् ।
आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरूले अनुसन्धान गर्ने उनीहरुले बताएका हुन् ।
प्रमुख कार्यकारी लेज मुन्भेसले यौन दुरव्यवहार गरेको ६ जना महिलाले बताएपछि उहाँको संस्थाका निर्देशकहरुले छानबिन गर्ने बताएका हुन् ।
त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चार जनाले पनि बैठकका दौरानमा आफूहरूलाई मुन्भेसले जबर्जस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् ।
गल्ती स्वीकार गर्दै आफ्नो कारणले केही महिलालाई असहज भएको हुन सक्ने ६८ वर्षीय मुन्भेसको भनाइ छ । यद्यपि यौन दुव्र्यवहार गरेको आरोपको भने उहाँले खण्डन गर्नुभएको छ ।
आफूले महिलाहरुलाई बुझ्ने र सम्मान गर्ने गरेको बताउनु भएको छ । यौन दुरव्यवहार गरेको आरोपपछि मुन्भेसले राजीनामा दिनुभएको छ । तर टेलिभिजन व्यवस्थापनले एउटा वक्तव्य जारी गर्दै मुन्भेसमाथि लगाइएका आरोपबारे छानबिन गरेर थप निर्णय लिने स्पष्ट पारेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी