काठमाडौँ, १० साउन – पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पुरयाएको छ ।
सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएको थियो ।
क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गर्नुभएका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।
उहाँको काँधमा चोट लागेकाले क्रिकेट खेलबाट संन्यास लिएर राजनीतिमा प्रवेश गर्नुभएको थियो । यो बाटो उहाँका लागि अहिले सुखद् सावित भएको छ ।
चर्चित क्रिकेट खेलाडीको रूपमा छवि बनाउनु भएका इमरान अहिले फेरी चर्चित नेताका रूपमा उदाउनुभएको छ ।
क्रिकेटबाट बिदा भएर ४३ वर्षको उमेरमा इमरानले सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) गठन गरेर राजनीतिमा प्रवेश गर्नुभएको हो ।
भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठान गर्नु भएका इमरानलाई शुरुमा धेरैले विश्वास गरेनन । सन् २००२ मा भएको निर्वाचनमा २७२ सिटमध्ये उहाँको पार्टीले एक सिट मात्रै जितेपछि निराश नबनाएको पनि होइन । तर उहाँले आफ्नो अभियान र सक्रियतालाई जारी नै राख्नुभयो ।
सन् १९९९ मा जनरल परवेज मुसरफको सैन्य कूको समर्थन गर्नुभएका इमरानले २००२ मा मुसर्रफलाई नै ‘अमेरिकी राष्ट्रपतिको जुत्ता चाट्ने’ र “मृत्यु दण्ड दिनुपर्ने” सम्मका अभिव्यक्ति दिनुभयो । शक्तिशाली राष्ट्रपति विरुद्ध नै कडा अभिव्यक्ति दिएपछि उहाँ पटक पटक आफ्नै निवासमा नजरबन्दमा पनि पर्नुभयो ।
राष्ट्रपति मुसरफ विरुद्ध कडा अभिव्यक्ति दिएर चर्चामा रहे पनि सन् २००८ मा भएको निर्वाचनमा भने उहाँको पार्टीले एक सिट पनि जित्न सकेन ।
तर अहिले भने स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई इमरानले मुख्य चुनावी कार्यसूची बनाएर निरन्तर अभियान चलाइरहेकाले उहाँको पार्टीलाई पाकिस्तानी जनताले एकाएक सबैभन्दा ठूलो पार्टी बनाइदिएका छन् ।
राजनीति गर्नुभन्दा पहिलेसम्म पाकिस्तानको निर्वाचनमा कहिल्यै भोट नहालेको बताउने इमरानलाई अहिले भने पाकिस्तानका लाखौँ मतदाताले मतदान गरेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिएका छन् ।
अनेक उतार चढावका बीचमा पनि उहाँले निराश नभई चलाइरहेको आफ्नो अभियानले अहिले उच्च सफलता प्राप्त गरेको भन्दै अब मुलुकको मुहार फेर्ने प्रतिबद्धता गर्नुभएको छ । अन्य पार्टीहरूको असन्तुष्टीका कारण निर्वाचनको मतपरिणामको औपचारिक घोषणा हुन अझै बाँकी रहे पनि उहाँको पार्टी नै सबैभन्दा ठूलो पार्टी हुने देखिएको छ ।
(विभिन्न संञ्चारमाध्यमको सहयोगमा)
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग