
सिरियाली सैनिक सिरियाको झण्डा फहराउंदै डारा प्रान्तको तल अल हराहमा । सरकारले तल अल हराहलाई आफ्नो नियन्त्रणमा लिएको छ । तस्विर- सिन्हवा
अम्मान, ४ साउन – सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ ।
उक्त द्वन्द्वका कारण सो क्षेत्रबाट गएका केही महिनायता मात्र पनि दुई लाख ७० हजार जना विस्थापित भएका छन् ।
उक्त दक्षिणी क्षेत्र बढी मात्रामा हिंसाको चपेटामा परेको बताइएको छ । गएको करिब तीन महिनायता यहाँबाट विस्थापितहरूको सङ्ख्या बढ्दै गएर करीब तीन लाख पुगेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ ।
“दक्षिणी सिरियामा भएको लडाईका कारण विस्थापित हुनेहरूको संख्या झण्डै तीन लाख पुगेको छ र अनुमान गरिएभन्दा त्यो बढी पनि हुनसक्छ,” अम्मानस्थित राष्ट्रसंघीय निकाय यूएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भन्नुभयो ।
त्यहाँ जारी रहेको क्रुरतापूर्वक हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।
विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने