बेरुत, २ साउन – सिरियाका विद्रोहीको निहुंमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । विद्रोहीको बलियो पकड रहेको दक्षिण सिरियामा भएको एक हवाई कारबाहीका क्रममा १२ सर्वसाधारण मारिएका छन् ।
यद्यपि सो हवाई कारबाही रुस या सिरियाली शासक स्वयम्ले पनि पुष्टि गर्न सकेका छैनन् ।
सिरियाको दक्षिणी प्रान्त दाराआ नावामा मंगलबार यस हवाई कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो आन्दोलन पछि गएर गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स आतङ्ककारीहरु हाबी हुँदै गए ।
जारी यस द्वन्द्वमा परी हालसम्म ३ लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ । तर, मानव अधिकारीवादीहरु यो सङ्ख्या निकै बढी भएको दाबी गर्दै आएका छन् । यस द्वन्द्वका कारण लाखौँ घाइते भएका छन् । लाखौं जनता आफ्नो देशमा र विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?