बेरुत, २ साउन – सिरियाका विद्रोहीको निहुंमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । विद्रोहीको बलियो पकड रहेको दक्षिण सिरियामा भएको एक हवाई कारबाहीका क्रममा १२ सर्वसाधारण मारिएका छन् ।
यद्यपि सो हवाई कारबाही रुस या सिरियाली शासक स्वयम्ले पनि पुष्टि गर्न सकेका छैनन् ।
सिरियाको दक्षिणी प्रान्त दाराआ नावामा मंगलबार यस हवाई कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो आन्दोलन पछि गएर गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स आतङ्ककारीहरु हाबी हुँदै गए ।
जारी यस द्वन्द्वमा परी हालसम्म ३ लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ । तर, मानव अधिकारीवादीहरु यो सङ्ख्या निकै बढी भएको दाबी गर्दै आएका छन् । यस द्वन्द्वका कारण लाखौँ घाइते भएका छन् । लाखौं जनता आफ्नो देशमा र विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग