
नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने टवान्टी टवान्टी त्रिकोणत्मक श्रृखला र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने खेलाडी । तस्बिर – रोशन सापकोटा/रासस
लण्डन -बेलायतको लर्ड्समा एमसीसी, नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्सविरुद्ध हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न आउने नेपाली क्रिकेट टोलीलाई बुधबार विदाई गरिएको छ ।
युवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् ।
त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्नेछ ।
नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहतिकुमार पौडेल छन् ।
शक्ति गौचनले सन्यास लिने
राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट आफू सन्यास लिने घोषणा गरेका छन् ।
राष्ट्रिय टोलीका भेट्रान खेलाडी गौचनले नेदरल्यान्डसँग हुने पहिलो एक दिवसीय श्रृङ्खला नै आफ्नो अन्तिम खेल हुने बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । नेपाली क्रिकेट टोली बिहीबार काठमाडौंबाट बेलायत प्रस्थान गर्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान