बेइजिङ, ३२ असार – युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरुलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ ।
युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ– ‘विगतमा पनि यस्तो व्यापारका क्षेत्रमा युद्ध देखा परेकै हो तर त्यसको परिणाम राम्रो निस्किएको छैन, त्यसैले यस्तो द्वन्द्व तुरुन्तै हटाउनु जरुरी छ ।’
उहाँले भन्नुभएको छ– ‘तपाइहरुजस्तो शक्तिशाली राष्ट्रहरुले त व्यापारजस्तो संवेदनशील विषयमा विवाद बढाउने होइन बरु विवाद उत्पन्न भयो भने त्यसको समाधान गर्ने हो ।’
उहाँको सङ्केत संयुक्तराज्य अमेरिका, रुस र चीनतर्फ थियो । पछिल्लो समयमा यी तीन देशबीच व्यापारका क्षेत्रमा युद्धकै सङ्केत देखिएको छ ।
एक अर्को देशमा आयात या निर्यात हुने सामानमा बढी मात्रामा कर लगाउने गरिएको छ भने कतिपय देशले यस्ता सामानको आयात निर्यात नै बन्द गरेका छन् ।
अध्यक्ष टस्कले व्यापार क्षेत्रको विश्वव्यापी प्रचलन एवम् मान्यताहरुको पालना गर्नु युरोपेली युनियन तथा ती शक्तिशाली देशहरुको पनि कर्तव्य हो भन्नुभएको छ ।
चीनको राजधानी बेइजिङ्मा रहनुभएको उहाँले सोमबार बिहान यहाँ आयोजित कार्यक्रममा भन्नुभयो– अझै पनि द्वन्द्व समाधानका लागि समय छ, केही बिग्रिसकेको छैन ।
अध्यक्ष टस्कले सोमबार बिहानै बेइजिङमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस भेटपछि उहाँको यो प्रतिक्रिया आएको हो ।
उक्त भेटका क्रममा उहाँहरुबीच हालैका दिनमा देखिएको यो व्यापार क्षेत्रको विवाद समाधानका लागि आवश्यक उपायहरुको बारेमा कुराकानी भएको बताइएको छ ।
उहाँसँग युरोपेली युनियनका आर्थिक मामिला हेर्ने वरिष्ट अधिकारीहरु पनि रहेका छन् । उनीहरु र चिनियाँ आर्थिक क्षेत्रका अधिकारीहरुबीच पनि वार्ता भएको थियो ।
अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापारको विषयमा विवाद उत्पन्न भएको छ । सो विवादका कारण दुई देशबीच वाकयुद्ध समेत चलिरहेको छ ।
शुरुमा अमेरिका आयात हुने चिनियाँ केही समानमा अमेरिकाले पहिलेको तुलनामा करको मात्रामा भारी बृद्धि गरेको थियो भने पछि चीनले पनि अमेरिकी सामानमा त्यसै गरेको छ ।
यो विवाद पछि रुसतर्फ पनि सरेको छ । अमेरिकाले रुसी सामानहरुमा पनि यसैगरी कर लगाएको थियो । पछि यो समस्याको पनि समाधानको सट्टा वाकयुद्ध नै चलेको बताइएको छ ।
सो विवादको बारेमा दिएको प्रतिक्रियामा युरोपेली युनियनका अध्यक्ष टस्कले भन्नुभयो– ‘विश्वले अहिले व्यापारका क्षेत्रमा विवाद होइन कि सुधार खाजेको छ, सुधार चाहेको छ त्यसैले समाधानतर्फ जाउँ ।’
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी