बेइजिङ, ३२ असार – युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरुलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ ।
युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ– ‘विगतमा पनि यस्तो व्यापारका क्षेत्रमा युद्ध देखा परेकै हो तर त्यसको परिणाम राम्रो निस्किएको छैन, त्यसैले यस्तो द्वन्द्व तुरुन्तै हटाउनु जरुरी छ ।’
उहाँले भन्नुभएको छ– ‘तपाइहरुजस्तो शक्तिशाली राष्ट्रहरुले त व्यापारजस्तो संवेदनशील विषयमा विवाद बढाउने होइन बरु विवाद उत्पन्न भयो भने त्यसको समाधान गर्ने हो ।’
उहाँको सङ्केत संयुक्तराज्य अमेरिका, रुस र चीनतर्फ थियो । पछिल्लो समयमा यी तीन देशबीच व्यापारका क्षेत्रमा युद्धकै सङ्केत देखिएको छ ।
एक अर्को देशमा आयात या निर्यात हुने सामानमा बढी मात्रामा कर लगाउने गरिएको छ भने कतिपय देशले यस्ता सामानको आयात निर्यात नै बन्द गरेका छन् ।
अध्यक्ष टस्कले व्यापार क्षेत्रको विश्वव्यापी प्रचलन एवम् मान्यताहरुको पालना गर्नु युरोपेली युनियन तथा ती शक्तिशाली देशहरुको पनि कर्तव्य हो भन्नुभएको छ ।
चीनको राजधानी बेइजिङ्मा रहनुभएको उहाँले सोमबार बिहान यहाँ आयोजित कार्यक्रममा भन्नुभयो– अझै पनि द्वन्द्व समाधानका लागि समय छ, केही बिग्रिसकेको छैन ।
अध्यक्ष टस्कले सोमबार बिहानै बेइजिङमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस भेटपछि उहाँको यो प्रतिक्रिया आएको हो ।
उक्त भेटका क्रममा उहाँहरुबीच हालैका दिनमा देखिएको यो व्यापार क्षेत्रको विवाद समाधानका लागि आवश्यक उपायहरुको बारेमा कुराकानी भएको बताइएको छ ।
उहाँसँग युरोपेली युनियनका आर्थिक मामिला हेर्ने वरिष्ट अधिकारीहरु पनि रहेका छन् । उनीहरु र चिनियाँ आर्थिक क्षेत्रका अधिकारीहरुबीच पनि वार्ता भएको थियो ।
अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापारको विषयमा विवाद उत्पन्न भएको छ । सो विवादका कारण दुई देशबीच वाकयुद्ध समेत चलिरहेको छ ।
शुरुमा अमेरिका आयात हुने चिनियाँ केही समानमा अमेरिकाले पहिलेको तुलनामा करको मात्रामा भारी बृद्धि गरेको थियो भने पछि चीनले पनि अमेरिकी सामानमा त्यसै गरेको छ ।
यो विवाद पछि रुसतर्फ पनि सरेको छ । अमेरिकाले रुसी सामानहरुमा पनि यसैगरी कर लगाएको थियो । पछि यो समस्याको पनि समाधानको सट्टा वाकयुद्ध नै चलेको बताइएको छ ।
सो विवादको बारेमा दिएको प्रतिक्रियामा युरोपेली युनियनका अध्यक्ष टस्कले भन्नुभयो– ‘विश्वले अहिले व्यापारका क्षेत्रमा विवाद होइन कि सुधार खाजेको छ, सुधार चाहेको छ त्यसैले समाधानतर्फ जाउँ ।’
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम