इस्लामावाद, ३० असार – पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ ।
बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेका बताइएको छ ।
घटनामा मृत्यु भएका र घाइते भएकाको यो विवरणको बलुचिस्तान प्रान्तका गृह मन्त्री अघा उमरले पुष्टि गर्नु भएको छ । घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको उमरले जानकारी दिनुभयो ।
लडाकूहरुको समूह इस्लामिक स्टेट (आइएस) ले आफ्नो वेभसाइटमार्फत् घटना आफूहरुले गराएको जिम्मेवारी लिएको छ ।
राजनीतिक नेता नवाजजादा सिराज राइसानीलक्षित गरी आक्रमण गरेको जस्तो देखिएको मास्तुङका उपआयुक्त क्विम लासरीले बताउनुभयो । उहाँले आफ्ना मतदातालाई सम्वोधन गरिरहेका बेला बम आक्रमण भएको थियो ।
पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १३० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
यही जुलाई २५ तारिखका दिन हुनलागेको निर्वाचनको मिति नजिकिदै गर्दा हिंसाका घटना पनि बढ्दै गइरहेका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी