एलिसबरी, संयुक्त अधिराज्य, २९ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताउनुभएको हो ।
“मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन, यसलाई भ्रामक खबर भनिन्छ,” ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा बोल्दै भन्नुभयो ।
यसैबीच ट्रम्पले अन्तर्वार्तामा ब्रेक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टेरेजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।
दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी
बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।
बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ ।
‘ट्रम्पलाई पदबाट हटाऔँ’, ‘यो ट्रम्प विरोधी उत्सव हो’, ‘मेरी आमाले तिमीलाई मन पराउन्नन् ! र उनले सवैलाई मन पराउछिन्’ जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारी अक्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए ।
“प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फाँसीवादी हुँनेछैन” जस्ता नाराहरू लगाएका थिए ।
केही प्रदर्शनकारीले भाँडाहरू ठटाउँदै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए । केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए ।
एक महिलाले गुलावी रङको ‘पुसी ह्याट’ लगाएर शुरु गरिएको प्रदर्शनमा “ट्रम्प विरोधी एकता” गठबन्धनका रूपमा अन्य सहभागीले शहरका विभिन्न भागबाट भाग लिएका छन् ।
प्रदर्शनका सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको ब्रेक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन् ।
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन