लन्डन । आधुनिक समाज कति निदर्यीन्मुख छ । उसमा मानवीय संवेदना हराउंदै गएको छ, स्वार्थी छ । दिन कन्जुस गर्ने र पाए क्वाप्प खाइहाल्ने प्रवृत्ति व्याप्त छ । बेलायत बसिरहेका मानिसलाई उल्लेखित शब्द सायद रुचिकर लागेन । तर, लन्डनस्थित पशुपति मन्दिर जस्तो पवित्र स्थलमा पुगेर दान गर्नुको सट्टा भएको पैसा समेत चोर्नेका लागि जति निन्दा र गाली गरे पनि कम छ ।
साउथ इष्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ नेपाली मन्दिरमा तेस्रो पटक चोरी भएको छ । यसअघि दुईपटक चोरी भइसकेको मन्दिरमा पछिल्लोपटक शुक्रबार राती चोरी भएको हो । मन्दिर पछाडिको भागको सिसा फोडेर भित्र पसेको चोरले दान वाकस समेत तोडेर पैसा कुम्ल्याएको छ । युरोपमै नेपालीहरुबाट स्थापित पहिलो मानिएको उक्त मन्दिरमा केहि हप्ता अघि मात्रै पनि चोरी भएको थियो ।
मन्दिर समितिका अध्यक्ष होम शर्माका अनुसार मन्दिरमा कोहि नभएको मौका छोपेर चोरी भएको थियो । “अघिल्लो पटक जस्तो धेरै रकम लैजान नपाएपनि दान वाकसमा भएको अन्दाजी तीन सय पाउण्ड चोरिएको छ”, अध्यक्ष शर्माले जनाए । घटना पश्चात आइपुगेको प्रहरीले विवरण संकलन गर्दै आफनो औपचारिकता पुरा गरेको छ ।“उनीहरुले त उल्टै सिसीटिभी जस्ता सुरक्षाका उपाय अवलम्बन गर्न सुझाएर गए”, शर्माले थपे ।
पहिलो पटक मन्दिरमा जडान गरिएको सिसीटिभी फुटेज प्रहरीलाई उपलब्ध गराउंदा पनि चोरी गर्नेलाई पक्राउ र केहि कारवाही हुन नसकेको गुनासो मन्दिर समितिका पदाधिकारीहरुको छ । घटना पश्चात मन्दिर प्राङगणमा जम्मा भएका मन्दिर समितिमा रहेका ट्रस्टी तथा शुभचिन्तकहरुले सुरक्षा प्रवन्ध कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल गरेका छन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]