लण्डन, २७ असार – बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ । अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्री टेरेजा मेले यो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशहरुको बैठकका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेले सो प्रतिबद्धता व्यक्त गर्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अफगानिस्तानको शान्ति सुरक्षामा पछिल्ला समयमा चुनौतीहरु थपिन लागेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा थप सेना पठाउन नेटो गठबन्धन बेलायतलाई आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री मेले ती सेनाहरु वेल्स गार्डस् रेजिमेन्ट्सबाट पठाइने जानकारी दिनुभयो । साथै ४४० सेनामध्ये आधालाई आगामी अगष्ट महिनामा र अरू आधा भने आगामी वर्षको फेब्रुअरीमा पठाइने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि उहाँले दिनुभएको समाचारमा जनाइएको छ ।
यो सहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या एक हजार १०० पुग्ने बताइएको छ । हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन् ।
तीमध्ये करिब १३ हजार जना अमेरिकी सैनिक मात्र रहेको ब्रसेल्समा आयोजित उक्त नेटो बैठकमा जानकारी गराइएको प्राप्त समाचारमा जनाइएको छ ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा