वासिङ्टन, संयुक्त राज्य अमेरिका, २६ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताउनुभएको छ ।
उहाँले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताउनुभयो ।
ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व लागि बोरिस जोनसन मेरा साथी हुनुहुन्छ । उहाँ मेरा लागि धेरै मनपर्ने नेता हो ।
जोनसोनको राजिनामा पछि आफूले बेलायती प्रधानमन्त्री टरिजा मेसँग नबोलेको बताउँदै सोमबार दुई मन्त्रीको राजिनामाले बेलायतको सरकारलाई खासै फरक नपर्ने तर जनताको निर्णय शक्तिशाली हुने बताउनुभयो ।
दुई मन्त्रीको राजिनामापछि बेलायतमा नेतृत्वमा चुनौति आउनसक्ने विभिन्न क्षेत्रबाट अनुमानहरू भइरहेका समय ट्रम्पको यो भनाई आएको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम