मस्को, २४ असार – रुसमा जारी विश्वकप फूटबल प्रतियोगिता अन्तर्गत शनिबार राती भएका दुई खेलबाट इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनलको खेलमा स्विडेनलाई २–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलको यात्रा तय गरेको हो भने पेनाल्टी सुटआउटमा आयोजक रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
शनिबारको पहिलो खेल रुसको सामरा एरेना स्टेडियममा भएको थियो । विश्वकपको पूर्व विजेता इंग्ल्यान्डलाई सेमिफाइनलमा प्रवेश गराउन इंग्ल्यान्डका हारी मागुइरे र डेली अलीले एकएक गोलको योगदान दिएका थिए ।
खेल सुरु भएदेखि नै आक्रामक खेलेको इंग्ल्यान्डले लगातार विपक्षीको कोर्टमा बल पुरयाएको भएपनि गोल गर्ने थुप्रै अवसर भने गुमाएको थियो ।
तैपनि इंग्ल्याण्डले पहिलो हाफको ३०औँ मिनेटमा सुरुआती गोल र दोस्रो हाफको ५९औँ मिनेटमा अर्को गोल गरेर स्विडेन विरुद्ध जित हात पारयो ।
शनिबारको दोस्रो खेलमा भने निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै क्रोएसियाले घरेलु टोली रुसलाई स्तब्ध पारेको छ ।
आयोजक रुसले खेलको ३१ औँ मिनेटमा गोल गरेर सुरुआती अग्रता लिएपनि त्यो अग्रता ८ मिनेट मात्र रह्यो ।
खेलको ३९ औँ मिनेटमा क्रोएसियाले पनि एक गोल गरेपछि निर्धारित समयसम्म खेल बराबरीमै सिमित भयो । बाँकी गोल अतिरिक्त समयमा भएर ४–३ गोल अन्तरले क्रोएसियाले अघिल्लो यात्रा कायमै राख्न सफल भयो ।
अहिले भइरहेको २१औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि मङ्गलबार बेल्जियम र फ्रान्स भिड्ने भएका छन् भने बुधबार क्रोएसिया र इंग्ल्याण्ड मैदानमा सँगै हुने भएका छन् ।
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]