इस्लामावाद, २२ असार – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ ।
भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो ।
यही जुलाई २५ मा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकीलहरूले बताएका छन् ।
उहाँलाई दश बर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।
श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री शरिफ अहिले बेलायतको लण्डनमा हुनुहुन्छ । उहाँकी श्रीमती क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।
नेता शरिफ गत बर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त हुनुभएको थियो ।
भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नु पर्ने भएकाले उहाँ प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उहाँको बहिर्गमन भएको थियो । उहाँलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिवन्ध लगाइएको छ ।
उहाँमाथि लागेको आरोपको शरिफ र उहाँका समर्थकहरुले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दावी गर्दै आएका छन् ।
लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप शरिफमाथि थियो ।
पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको पाकिस्तानी इतिहास छ ।
पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अदालतले मानहानीको आरोपमा अयोग्य घोषणा गरेको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो