काठमाडौं-विश्वकप फुटबलको पहिलो क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । छैटौ पटक विश्वकपको सेमिफाइनमा पुगेको फ्रान्सले शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा दुई पटकको विश्व विजेता उरुग्वेको चुनौती पार गरेको हो ।
कडा प्रतिस्पर्धी मानिएको उरुग्वेमाथि जित हात पार्ने क्रममा फ्रान्सले ४० औं मिनेटमा एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा डिफेन्डर राफायल भारानको हेड गोलमार्फत अग्रता लिएको थियो ।
त्यसपछि दोस्रो हाफको ६१ औं मिनेटमा ग्रिजम्यानले हानेको सशक्त प्रहार उरुग्वेका गोलकिपरको हातबाट फुत्केर गोलमा परिणत भएको थियो ।
अनुभवी स्टाइकर इडिन्सन काभानी बिनै मैदानमा उत्रिएको उरुग्वेले पहिलो हाफमा गरेको सशक्त प्रहार फ्रान्सका गोलकिपर हुगो लोरिसले उत्कृष्ट बचाउ गरेका थिए ।
अब फ्रान्सले फाइनल प्रवेशका लागि सेमिफाइनमा आज राति हुने ब्राजिल र बेल्जियमबीचबाट विजेता बन्ने टोलीको सामना गर्नुपर्नेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता