फुकेट, थाइल्याण्ड २२ असार – दक्षिणी थाइल्याण्डको पर्यटकीय क्षेत्र फुकेट द्वीपमा अवस्थित समुद्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २१ पुगेको छ ।
सो डुङ्गामा दर्जनौँको सङ्ख्यामा चिनियाँ पर्यटक सवार रहेका बताइएको छ । यसअघि सिन्ह्वा समाचार समितिले दिएको समाचारमा करिब १४८ जना व्यक्ति सवार रहेका उल्लेख थियो ।
तर, एएफपी समाचार समितिले डुङ्गामा १०५ व्यक्ति सवार रहेको जनाएको छ । एएफपीका अनुसार ५६ जना व्यक्ति अझै बेपत्ता छन् ।
डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । अझै पनि यस दुर्घटनाको पूर्णविवरण भने आइसकेको छैन ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान