लन्डन । बेलायतका पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरुबीच एकताअघि औपचारिक जमघट भएको छ । एमाले र माओवादीबीच एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठनबीच एकीकरणको प्रयास भइरहेका बेला नेताहरुवीच औपचारिक जमघट भएको हो ।
दुवै संगठनका नेताहरु एकीकरणका लागि तयार भएपनि केन्द्रको निर्देशन पर्खिरहेका छन् । पार्टी केन्द्रको निर्देशन लगत्तै पूर्व एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च यूके र पूर्व माओवादी केन्द्रको भातृ संगठन जनप्रगतिशील नेपाली मञ्च यूकेवीच एकीकरण हुनेछ ।
उनीहरुले कार्लमाक्सको शालिकमा जम्मा भई माक्सवाद सिद्धान्तको विश्वव्यापीकरणप्रति गर्व गरेका थिए । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले दुई कम्युनिष्टबीचको एकतालाई ऐतिहासिक घट्नाको रुपमा व्याख्या गरे । उनले विश्व कम्युनिष्टलाई एउटा सन्देश दिने घट्नालाई सफल बनाउन प्रवासवाट सशक्त भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरे । बेलायत जस्तो अति विकसित मुलुकबाट सिकेको ज्ञान र सिप हस्तान्तरणका लागि पहल गरिने अध्यक्ष पुडासैनीको भनाई थियो ।
जन प्रगतिशील मञ्च यूकेका इन्चार्ज तथा पूर्व माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य पूर्ण लोक्समले तीव्र आर्थिक विकासमा कम्युनिष्ट सरकार लाग्नुपर्ने सुझाव दिए । उनले आफूले सिकेको ज्ञान र सिपलाई मातृभूमिमा सदुपयोग गर्न प्रवासीहरु आतुर रहेको जानकारी दिए ।
जन प्रगतिशील मञ्च यूकेका नेता तथा पूर्व माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कर्ण शाहीले नेपाल कम्युनिस्ट पार्टीको सरकारले समृद्धिका लागि अल्पकालिन र दीर्घकालिन काम सुरु गर्नुपर्ने सुझाव दिए । उनले कार्लमाक्र्सको योगदानको चर्चा समेत गरे ।
प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष सरस्वती केसीले कम्युनिस्ट पार्टीमा महिलाको भूमिकाबारे चर्चा गरिन् ।
एकीकरण अघि नेताहरुबीच अनौपचारिक तथा औपचारिक सम्बन्ध विस्तार गर्न पनि जमघट महत्वपूर्ण बताइन्छ ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक