नयाँदिल्ली-भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार केही दिनदेखि आइरहेको बाढी पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गएर ३२ पुगेको हो ।
बाढी पहिरोबाट ६३ हजार जना प्रभावित भएका छन् । प्रभावित हुनेमा अधिकांश पाँच जिल्लाका छन् ।
अधिकारीहरूले २६ अस्थायी शिविर तथा वितरण केन्द्रहरू बनाएर बाढी प्रभावितहरूलाई आश्रय दिइएको जानकारी दिएका छन् । तीनै केन्द्रहरूबाट पीडितहरूलाई राहत तथा सहयोग वितरण गरिएको छ ।
भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आसामका मुख्य मन्त्री सर्वानान्द सोनोवाललाई सबै सहयोग उपलब्ध गराइने भएकाले चिन्ता नलिन आश्वस्त पारेका थिए ।
मौसम विभागका अधिकारीहरूले अझै केही दिन ठूलो वर्षा हुने पूर्वानुमान गरेको समाचारमा जनाइएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन