नयाँदिल्ली-भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार केही दिनदेखि आइरहेको बाढी पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गएर ३२ पुगेको हो ।
बाढी पहिरोबाट ६३ हजार जना प्रभावित भएका छन् । प्रभावित हुनेमा अधिकांश पाँच जिल्लाका छन् ।
अधिकारीहरूले २६ अस्थायी शिविर तथा वितरण केन्द्रहरू बनाएर बाढी प्रभावितहरूलाई आश्रय दिइएको जानकारी दिएका छन् । तीनै केन्द्रहरूबाट पीडितहरूलाई राहत तथा सहयोग वितरण गरिएको छ ।
भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आसामका मुख्य मन्त्री सर्वानान्द सोनोवाललाई सबै सहयोग उपलब्ध गराइने भएकाले चिन्ता नलिन आश्वस्त पारेका थिए ।
मौसम विभागका अधिकारीहरूले अझै केही दिन ठूलो वर्षा हुने पूर्वानुमान गरेको समाचारमा जनाइएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग