लन्डन । यतिखेर सर्वत्र क्रिसमस र अंग्रेजी नयां वर्षको माहोल छ । स्कुल कलेज एवं विश्वविद्यालयमा समेत अहिले जाडो विदा भएकाले यही मौका छोपी एयरलाइन्स् कम्पनीले भाडा तेब्बर वृद्धि गरेका छन् । सामान्यतया नेपाल जान पांच सय पाउण्ड पर्ने टिकट मुल्य यो ‘फेस्टिभ सिजन’ मा १६ सय पाउण्डसम्म पुगेको नेपाली व्यवसायीले बताएका छन् । ‘एयरलाइन्स्हरुको हाइ यिल्ड जेनेरेट (बढि मुनाफा) गर्ने बेला नै यही हो’, लन्डनस्थित एउटा व्यस्त ट्राभल एजेन्सी ट्राभल कन्सोलका प्रवन्ध निर्देशक विराज भट्ट भन्छन्, ‘नेपाल जाने सिधा उडान नभएपनि एयरलाइन्स्का नेटवर्क व्यस्त हुने भएर चाडपर्वका बेला भाडा महंगो पर्न जान्छ ।’
युरोपबाट नेपालीहरुको रोजाइ विशेषगरि जेट, कतार, टर्किस्, ओमान, इत्तेहाद एयरवेज र एयर इण्डिया छ ।
डिसेम्बर दुई साता क्रिसमस, नयां वर्ष र जाडो विदा, फेब्रुअरी दुई साता बच्चाहरुको स्कुल विदा (हाफ टर्म), अप्रिल मार्च दुई साता इष्टर होलिडे, मे हाफ टर्म, जुन देखि अगष्टसम्म ६ साता समर होलिडे र अक्टोबर एकसाता हाफ टर्मका बेला भाडा दोब्बर तेब्बरसम्म हुने व्यवसायीको अनुभव छ । जांदा भाडा सस्तो (लो) भएपनि सेप्टेम्बर पहिलो साता स्कुल शुरु हुने बेला र क्रिसमस होलिडे मनाउन जानेहरु जनवरी पहिलो साता (१० तारिखसम्म) एकैचोटी फर्कंदा भाडा महंगो पर्न जाने व्यवसायी बताउंछन् ।
उल्लेखित विदा छलेर अफ सिजनमा टिकट बुक गरे भाडा सस्तो पर्ने बताउंछन् व्यवसायी । यात्राको टुंगो लागेपछि ६, ७ महिना अगाडि नै बुक गरे धेरै सस्तो हुने भट्टले जनाए ।
देउराली ट्राभल्स्का निर्देशक आशिष पन्त भाडा बढ्नुमा नेपालको रनवे क्षमता र विमानस्थलको अवस्था पनि कारण देख्छन् । ‘माग बढे पनि एयरलाइन्स्हरुले एकैचोटी धेरै यात्रु बोक्ने ठूला विमान लान नसक्दा भाडा बढेको छ’, पन्तले भने, ‘ओमान र टर्किस्ले कुहिरोमा पनि ल्याण्ड गर्न मिल्ने एन्टी फोग सिस्टमयुक्त अत्याधुनिक र ठूला विमान नेपाल लान खोजे पनि सकिरहेका छैनन् ।’
बेलायतमा लाख भन्दा बढि नेपाली रहेका र युरोप अमेरिकाबाट बेलायत हुंदै नेपाल जाने विदेशी पर्यटकहरुको संख्या वर्षेनी करिब डेढ लाख रहेको अनुमान छ । सन् २०१४ मा विश्वभरका हवाइ यात्रुहरुबाट ६ सय विलियन डलर राजश्व संकलन भएको एक तथ्यांक छ ।
 रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट] अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक