
पेरिस, फ्रान्स, १७ असार – कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोर हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।
फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढाको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही शसस्त्र व्यक्तिहरूले जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।
सन् २०१० मा यहाँ भएको सशस्त्र डकैतिको योजनाकार ठहर गर्दै यहाँको पुनरावेदन अदालतले २५ वर्षको जेल सजाय सुनाएपछि फाइडलाई जेलबाट भगाइएको हो । आठवर्ष पहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो ।
फाइडसहित तीनजना सहयोगी जेलबाट भागेको स्रोतले जनाएको छ ।
सुरक्षाकर्मीले उक्त हेलिकोप्टर रिआउ शहरको उत्तरपूर्वी क्षेत्रमा भेटेका थिए । प्रहरीले सम्पूर्ण पेरिस क्षेत्रमा सुरक्षा अवस्था कडा पार्दै फरार अभियुक्तलाई खोजिरहेको छ ।
फाइड जेलबाट भागेको यो दोस्रो घटना हो । उनी सन् २०१३ मा पनि उत्तरी फ्रान्सको एक जेलबाट भागेका थिए । उनले सन् २०११को मध्यपछि जेलजीवन विताउँदै आएका थिए ।
पिस्तोलधारी कुख्यात डाँका फाइडले जेलबाट भाग्ने क्रममा तीनजना सुरक्षागार्डलाई बन्धक बनाएपनि उनीहरूलाई लगत्तै छोडेको बताइएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग