लन्डन । प्रवासी नेपाली मंच यूकेले आफ्नो स्थापनाको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा क्यान्सर पीडित कमलरी मुक्ति आन्दोलनकी अभियन्ता तथा पूर्व सभासद
शान्ता चौधरीको उपचार सहयोगार्थ ३ लाख ६२ हजार रुपैयां सहयोग गरेको छ । संस्थाका अध्यक्ष रामशरण सिम्खडाको विशेष अनुरोधमा समाजसेवी इशा गुरुङले एक हप्ताको अभियान संचालन गरी उक्त रकम संकलन गरेकी थिइन् भने मंचको तर्फबाट शान्ति थापा कुवरले सहयोगको संयोजन गरेकी थिइन् ।
काठमान्डौबाट यस कार्यक्रमको सहजीकरण प्रवासी नेपाली मंच यूकेकी सल्लाहकार शुष्मा राईले गरेकी थिइन् । मंचले चौधरी जस्तो सामाजिक रुपमा सकृय नेतृको स्वास्थ उपचार जस्तो पबित्र कार्यमा सानै भएपनि सहयोग गर्न पाउंदा गर्व महसुस भएको जनाउंदै शान्ताको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।
मंचले उल्लेखनीय भूमिका निर्वाह गर्ने समाजसेवी इशा गुरुङ, शान्ति थापा कुंवर, शुष्मा राई तथा यस कार्यमा आर्थिक सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य