मस्को, १४ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ ।
लामो समयदेखि प्रतिक्षा गरिएको उहाँहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिख फिनल्याण्डको हेलसिन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।
रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उहाँहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिन जुलाई १६ मा हेलसिन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत हुनुभएको छ ।’
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान