लन्डन । नेपालीहरु उल्लेख्य रहेको रसमोर बरोस्थित अल्डरसट शहरमा नेपाली व्यवसाय खुल्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । नेपालीले उक्त क्षेत्रमा प्राय गरि नेपालीलाई नै लक्षित गर्दै रेष्टुरेन्ट र ग्रोसरी व्यवसाय चलाएका छन् ।
पछिल्लो पटक तीन नेपाली युवाले सञ्चालन गरेको ‘ट्रुथ’ नामक ककटेल बार कयौं नेपाली व्यवसायमध्ये पृथक देखिएको छ ।
गत जुन ८ देखि सर्वसाधारणका लागि खुल्ला भएको उक्त ककटेल बार अल्डरसटमै ‘उत्कृष्ट’ रहेको र यसले नेपाली भन्दा बढि ब्रिटिश ग्राहकलाई आकर्षित गरिरहेको सञ्चालकको दावी छ । रसमोर मेयरले एक समारोहबीच बार उद्घाटन गरेका थिए । ‘ट्रुथ’ मा करिब ७० वटा विभिन्न ककटेल, टेबल सर्भिस, निशुल्क क्लक रुम सर्भिस र भिआइपी टेबल सर्भिस उपलव्ध छन् । बार टेण्डर र स्टाफ अनुभवी एवं स्थान सुरक्षित रहेको सञ्चालकले जनाएका छन् ।
तीन युवा उद्यमी दिपेश लामा, दिनेश श्रेष्ठ र सन्दिप पौडेलको साझेदारीमा अल्डरसट ९३ भिक्टोरिया रोडमा ककटेल बार सञ्चालनमा आएको हो ।
बार शुक्रबार र शनिबार डिजेसहित राती २ बजेसम्म खुल्छ भने अन्य दिन राती ११ बजेसम्म । अहिले ड्रिंक्समात्र पाइने भएपनि केही महिनापछि खाना समेत उपलब्ध गराइने एकजना सञ्चालक दिनेश श्रेष्ठले जनाए ।
थप जानकारीका लागि-
https://m.facebook.com/truthcocktailbar
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक