
उत्तर कोरियाली नेता किम जोंग उन चीनको अनौपचारिक भ्रमणका क्रममा रेल यात्रा गर्दै । फाइल तस्विर रोयटर्स
सोल, १२ असार – उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ ।
दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन् ।
दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाँउ पानुमजोममा अवस्थित ‘पिस हाउस’ मा मङ्गलबार बिहान १० बजेबाट यो बैठक सुरु भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा जोड्ने विषयमा कुराकानी भएको बताइएको छ । यो प्रयासका बारेमा यी देशबीच पहिलो पटक यसरी वार्ता भएको हो ।
दुवै कोरियाको पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्नेगरी सुरुआत गरिने यस रेलसेवाको बारेमा सो बैठकमा कुराकानी हुनेछ ।
साथै यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ ।
दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन-तीन जना सदस्य यस वार्तामा सहभागी भएका छन् ।
दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियासँगको रेल सेवा जोड्ने विषयमा कुराकानी मात्र भएको तर अहिले नै सेवा सञ्चालन भइहाल्ने अवस्था भने नरहेको बताएका छन् ।
उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियाको पनि आर्थिक, यातायात लागयतका धेरै विषयमा नाकाबन्दी कयमै छ ।
ती नाकाबन्दीहरु नहटाएसम्म उत्तर कोरियासँग आर्थिक, व्यापारिक र पारवहनसम्बन्धी कुनै पनि विषयहरुमा सहकार्य र सम्झौता नहुने बताएका छन् ।
यी दुई देश गएका केही महिनायतादेखि बडो नाटकीय रुपमा नजिक भएका छन् । गएको दुई महिनायता उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुई पटक भेटवार्ता भएको छ ।
त्यसैगरी दशकौँदेखिको एक किसीमले भन्दा सत्रु राष्ट्र नै रहेको भनिएको अमेरिका र उत्तर कोरियाबीच पनि यही जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको छ ।
सो वार्तापछि भने उत्तर कोरियासँग अमेरिका, राष्ट्रसंघ र दक्षिण कोरिया पनि केही नरम हुने कैयौँ सङ्केतहरु देखिएका छन् । त्यसैले कतिपय नाकाबन्दीहरु हट्नेमा उत्तर कोरिया आशावादी रहेको बताइन्छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण