
टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् । तस्विर- एपी
इस्तानबुल, ११ असार – टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित हुनु भएको छ ।
थप पाँच बर्षका लागि उहाँ फेरी शक्तिमा आएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ ।
उहाँ दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी भएको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ ।
न्याय तथा विकास पार्टी (एकेपी) को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ”- उहाँले भन्नुभयो ।
सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ । जवकी उहाँका निकटम प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ ।
विपक्षीद्वारा हार स्वीकार
उहाँ विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् ।
प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भन्नु भएको छ, “एड्रोगानलाई बधाई छ, तपाई हामी सवैको राष्ट्रपति बन्नुहोला ।”
रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गर्नु भएको छ ।
विश्वभरबाट बधाई
एड्रोगान विजयी भएकोप्रति विभिन्न देशका नेताहरूले बधाई दिदै सफलताको कामना गरेका छन् ।
पाँच बर्षका लागि फेरी उहाँ निर्वाचित भएकोमा रुस, इरान, सर्विया, बोस्निया, बुल्गेरिया लगायतका देशहरुले खुशी व्यक्त गरेका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचनको नतिजा एड्रोगानको पक्षमा सशक्त रुपमा देखिएकाले टर्कीको सामाजिक तथा आर्थिक विकासका लागि काम गर्न सुझाव दिनुभएको छ ।
उहाँले देशलाई विश्वव्यापी रुपमा सकारात्मक अवस्थामा चिनाउन पनि एड्रोगानलाई शुभकामना दिएको रूसको प्रमुख प्रशासनिक कार्यालय क्रेमलिनले जनाएको छ ।
अन्य देशका उहाँका समकक्षी तथा शीर्ष नेताहरूले पनि बधाइ सन्देश पठाउदै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिनुभएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग