वासिङ्टन, ११ असार – गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँछन् ।
संयुक्तराज्य अमेरिका र चीन सरकारले एक अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क पछिल्लो समयमा निकै बढाएका बताइएको छ ।
अमेरिका विश्वको पहिलो र चीन दोस्रो ठूलो अर्थतन्त्र हो । यी दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समयमा व्यापार विवाद शुरु भएको हो ।
यो विवाद समाधानको सट्टा बरु झन ठूलो खिचातानी जारी रहेको बताइन्छ । कतिपय आर्थिक विश्लेषकहरूले त यसलाई एक किसीमको व्यापार युद्धको संज्ञा समेत दिएका छन् ।
उनीहरू भन्छन्– ‘पछिल्लो समयमा विवाद प्रतिदिन बढ्दै छ यस्तै अवस्था जारी रहने हो भने यसले आगामी दिनमा व्यापार युद्ध नै हुनसक्ने त्रास रहन्छ ।’
शुरुमा अमेरिकाले आफ्नो देशमा आयात हुने गरेको चिनियाँ स्टील र एलुमिनियममा पहिलेको तुलनामा निकै धरै मात्रामा शुल्क बढाएको थियो । यसको चीनले कडा मात्रामा विरोध पनि गरेको थियो ।
तर, अमेरिकाले चीनको कुरा सुनेन । त्यसपछि यहाँ उक्त पदार्थको आयातमा पनि कमी भएको बताइएको छ । अहिले नगण्य मात्रामा मात्र कतिपय चिनियाँ वस्तुहरू अमेरिका आयात भइरहेका छन् ।
अमेरिकाको यस व्यवहारका विरुद्धमा यता चीनले पनि अमेरिकाबाट आयात हुने कतिपय खाद्य पदार्थमा पनि रोक लगाएको पाइएको छ । अमेरिकालाई जवाफ दिएकै शैलीमा चीनले सुङ्गुरको मासु, मदिरा र फलफूलजस्ता पदार्थको आयातमा भन्सार शुल्क बढाएको छ ।
विश्वका यी दुई ठूला अर्थतन्त्रबीच चलिरहेको यस अवस्थाले विश्वका अरु पनि देशहरूमा आर्थिक सङ्कटहरू निम्त्याउन सक्ने खतरा बढाएको बताउन थालिएको छ ।
तर, दुवै देश यी अघिका निर्णयहरूबाट पछि हट्नुको सट्टा आ–आफ्नो व्यापारिक हितको रक्षा गर्ने होडका साथ अघि बढेका आर्थिक क्षेत्रका जानकारहरूको अनुभव छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?