
इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो सहरस्थित वेल अफ द फलनको मारिया डोलेन्समा नेपाली राष्ट्रिय झण्डा फहराइंदै । नेपालको झण्डा मारिया डोलेन्समा दुई हप्तासम्म फहराइ स्थायी रुपमा अन्य मुलुकका झण्डासँगै राखिने छ । तस्वीर सौजन्य – नेपाली राजदूतावास, जेनेभा
काठमाडौँ-इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । यही जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस वेलको सामुन्ने नेपाली झण्डा फहराइएको जेनेभास्थित नेपाली राजदूतावासले आज एक विज्ञप्तिमार्फत जनाएको हो ।
उक्त समारोहमा नेपालको तर्फबाट इटालीका लागि गैरआवासीय राजदूत दीपक धिताल, पिस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अल्बर्टो रोबललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो । पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय गानसहित झण्डोत्तोलनपछि १०० पटक घण्टा बजाउनका साथै इटालीको राष्ट्रिय गान समेत बजाइएको थियो ।
नेपालको झण्डा दुई हप्तासम्म घण्टाको सामुन्ने छुट्टै फहराइने एवं तत्पश्चात स्थायी रुपमा अन्य मुलुकका झण्डासँगै राखिने जनाइएको छ । सो अवसरमा फाउण्डेशनका प्रमुख संरक्षक प्रोफेसर सिनेटरले मारिया डोलेन्समा झण्डा स्थापना गर्ने ९६ औँ मुलुकका रुपमा नेपाललाई स्वागत गर्दै शान्ति, भाइचारा र आपसी समझदारीका लागि उक्त स्थान सानो संयुक्त राष्ट्रसंघको रुपमा विकसित हुँदै गएको बताए ।
उनले नेपाल र नेपालीप्रति इटाली जनतामा अत्यन्त ठूलो सद्भाव र मित्रता रहेको बताउँदै नेपालको झण्डा उक्त स्थानमा स्थापना भएबाट प्रतीकात्मक रुपमा दुई मुलुकका जनता अझै निकट भएको बताए ।
राजदूत धितालले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशको तर्फबाट विश्व शान्ति र भाइचाराप्रति ऐक्यबद्धता जनाउने प्रतीकात्मक घण्ट भएको मिरावेल हिलमा नेपालको झण्डा स्थापित गर्न पाउँदा खुशी र गौरव अनुभव भएको बताए । उनले नेपाल र इटालीबीच सरकारी तथा जनस्तरमा समेत विस्तार हुँदै आएका सम्बन्धका बारेमा प्रकाश पार्दै यसलाई थप गतिशील र पारस्परिक सहयोगमा आधारित बनाउन आह्वान गरे ।
पिस फाउण्डेसनको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष, ट्रेन्टो प्रान्तका लागि सरकारी कमिशनर, प्रान्तका अध्यक्ष र ट्रेन्टो शहरका उपमेयर लगायत करीब १५० जनाको उपस्थिति थियो । सो अवसरमा नेपाली समुदायको समेत उल्लेख्य उपस्थिति थियो ।
प्रथम विश्वयुद्धताका ट्रेण्टिनो युद्धमा मारिएका १२ देशका करिब २० हजार ज्ञातअज्ञात सैनिकको सम्झनामा सम्बन्धित मुलुकबाट प्राप्त तोपको काँस धातुबाट बनेको अजंगको घण्टलाई मारिया डोलेन्स् भनिन्छ । सन् १९२४ मा स्थापित विश्व शान्ति, सहिष्णुता र समझदारीको प्रतीक यस स्मारकमा ऐक्यबद्धता प्रदर्शन गर्दै नेपाललगायत ९६ मुलुकले हालसम्म आ–आफ्ना राष्ट्रिय झण्डा स्थापना गरेका छन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग