सोल, ८ असार – दक्षिण कोरिया र उत्तर कोरियाले छुट्टिएर बस्न बाध्य भएका कोरियालीहरूलाई पुनः गराउन दुबै देशका अधिकारी तयार भएका छन् ।
दुई कोरियाले आगामी अगस्टमा उनीहरूबीचमा पुनर्मिलन गराउने सहमति शुक्रबार गरेका हुन् ।
कोरिया युद्धपछि छुट्टिएका आफन्तहरूको पुनः मिलनका लागि गत सन् २०१५ देखि नै विभिन्न प्रयास हुदै आएको थियो ।
सन् १९५० देखि १९५३ सम्म भएको दुई कोरियाको युद्धपछि लाखौं कोरियालीका आफन्तहरु छुट्टा छुट्टै बस्न बाध्य भएका थिए । उनीहरुलाई आवत जावत गर्नदेखि कुनै सञ्चार सम्पर्क गर्न समेत दिइएको थिएन ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच गत अप्रिलमा भएको शिखर वार्तापछि पुनर्मिलनको वातावरण बन्न थालेको हो ।
औपचारिक समझदारी भने दुई कोरियाका उच्च अधिकारीकाबीचमा शुक्रबार उत्तर कोरियाको माउन्ट कुमगाङ रिसोर्टमा आयोजित बैठकमा भएको हो ।
दक्षिण कोरियाको एकता मन्त्रालयले आउदो अगस्टको २० देखि २६ तारिखसम्म दुवै तर्फबाट पुनर्मिलन गराउनेहरूको छनौट गरिने जनाएको छ ।
दक्षिण कोरियाको रेडक्रस कार्यालयले ५७ हजार जनालाई पुनर्मिलन गराउन आवश्यक रहेको जनाएको छ । उनीहरूमध्ये अधिकांश ७० बर्षभन्दा बढी उमेरका रहेका छन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग