ब्रसेल्स, बेल्जियम, ८ असार – यूरोपेली संघ (इयू) का १६ मुलुकका नेताहरूले ब्रसेल्समा हुने आप्रवासी सङ्कटबारे आइतबार हुने शिखर सम्मेलनमा भाग लिने सङ्केत गरेका छन् ।
आप्रवासी शरणार्थीबारे समाधान निकाल्नका लागि सम्मेलनको आयोजना यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड जङ्करले गर्नुभएको हो ।
आप्रबासीहरूको समस्या समाधानमा कसले पहिले प्रक्रिया थाल्छ भनी विश्वभरबाट चासो बढिरहेका समय ती देशका नेताहरूले समाधानका लागि गरिन लागिएको छलफलमा भाग लिने सङ्केत गरेका हुन् । इयू सदस्य राष्ट्रमध्ये सबैभन्दा आप्रबासीका कारण ग्रीस र इटालीमाथि भार परिरहेका समय ती देशहरूले उक्त भारलाई समान वहन गर्नुपर्ने बताएका हुन् ।
“हामीले शुरूमा आठ राष्ट्रहरूको समूहबीच छलफल शुरु गरेका छौँ,” आयोगका प्रवक्ता अलेक्जेण्डर विन्टर्सस्टनले भन्नुभयो ।
“अहिले हामीले १६ मुलुक अनौपचारिक कुराकानी चलाउन चासो ब्यक्त गरेको जानकारी पाएका छौँ,” उहाँले छलफलका लागि अग्रसर रहेका ती मुलुक कुन कुन हुन नबताइकनै जानकारी गराउनुभयो ।
तर शुरुमा बेल्जियम, नेदरल्याण्ड, क्रोयशिया, स्लोभानिया, डेनमार्क, फिनल्याण्ड, स्वीडेन र लक्जेम्वर्गबीच कुराकानी भएको उहाँले बताउनुभयो ।
जर्मन चान्सलर एन्गेला मर्केल, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्राँ, स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेज, माल्टाली प्रधानमन्त्री जोसेफ मस्कटले यस पहिले नै सम्मेलनमा सहभागिता हुने जनाएका अधिकारीहरूले भनेका छन् ।
यूरोपेली स्रोतका अनुसार सम्मेलनमा इटाली र ग्रीस पनि सहभागी हुनेछन् । तर हङ्गेरी, पोल्याण्ड चेक रिपब्लिक र स्लोभाकियाजस्ता आप्रबासी समस्याबारे विरोधी मानिने मुलुकले सम्मेलनमा सहभागीता नजनाउने बताइसकेका छन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग