मस्को-विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले १–१ बराबरी खेलेका छन् । विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको सातौँ मिनेटमा नै गोल गरेर खाता खोलेका थिए ।
तर त्यसको प्रतिउत्तरमा ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले गोल गरेर बराबरी गराए । त्यसपछि खेल अवधिभरी पटक पटक दुवै पक्षबाट गोल गर्ने प्रयासहरु भएपनि गोल थप्न नसकेपछि खेल एक एकको बराबरीमै सीमित भएको हो ।
यस पटकको विश्वकपको पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी गर्न सफल भएकाले अघिल्लो चरणको सम्भावना जिवितै रहेको छ । डेनमार्कले भने आफ्नो पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्न सफल भएको थियो ।
बिहीबार नै समूह ‘सी’ कै दोस्रो खेल राति पौने ९ बजे पेरु र फ्रान्स भिड्न लागेका छन् । पहिलो चरणमा डेनमार्कसँग पराजित भएको पेरुलाई फ्रान्स पनि कडा चुनौती हुने अनुमान गरिएको छ । फ्रान्सका खेलाडीले यसअघिको खेलमा अष्ट्रेलियालाई पराजित गरेका थिए ।
बिहीबारको तेस्रो खेल अझ रोचक हुने अनुमान गरिएको छ । राति पौने १२ बजे चर्चित खेलाडीहरू सहभागी अर्जेन्टिना र क्रोएसियाका बीचमा प्रतिश्पर्धा हुने भएकाले थप चासोका साथ प्रतिक्षा गरिएको छ । अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीका कारण पनि यो खेल धेरैले प्रतिक्षा गरेका हुन् ।
अर्जेन्टिनाले पहिलो राउण्डमा आइसल्याण्डसँग बराबरी खेल्दै १ अंक बटुलेको छ भने क्रोएसियाले नाइजेरियालाई हराउँदै ३ अंक बनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य