मस्को-विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए ।
खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो । शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो ।
निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको संभावनाको नजिक पुग्ने प्रयास पटक पटक भएका थिए । पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ ।
विश्वकपअन्तर्गत आजै समूह ‘ए’ को उरुग्वे र साउदी अरेबिया पनि भिडिरहेका छन् । उरुग्वेले पहिलो खेल जितेकाले आजको खेल कम्तिमा बराबरी गरेमात्रै पनि प्रि क्वार्टरमा प्रवेश गर्नेछ । तर पहिलो खेलमा घरेलु टोली रसियासँग फराकिलो अन्तरले पराजित भएको साउदीलाई प्रतियोगितामा टिकिरहन आजको खेल जित्नै पर्नेछ ।
आज उरुग्वे विजयी अथवा बराबरी भए मात्रै पनि अन्तिम १६ मा पुग्दा इजिप्ट र साउदी प्रतियोगिताबाट बाहिरिने छन् । आजै राति पौने १२ बजे समूह ‘बी’ को इरान र स्पेन खेल्ने तालिका छ । आजको खेलमा इरान विजयी भए अन्तिम १६ को यात्रा सहज हुनेछ ।
यसैगरी पहिलो खेलमा पोर्चुगलसँग बराबरीमा रोकिएको स्पेनलाई पनि विश्वकप खेलिरहन इरानलाई हराउनै पर्ने बाध्यता छ ।
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी