सोल, ४ असार – उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् ।
यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो ।
दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।
उहाँले उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्ने बारेमा भने केही भन्नुभएन । तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने जानकारी उहाँले दिनुभयो ।
यस विषयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उन सहमत भइसकेको जानकारी यसअघि नै दिइएको थियो ।
उहाँहरुबीच गत अप्रिल २७ मा पानुमजोममा भएको ऐतिहासिक बैठकमा सो विषयमा सहमति भएको बताइएको थियो ।
गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताको वातावरण बनेको थियो ।
दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको एक होटलमा सम्पन्न उक्त वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको थियो ।
आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ता सम्भव भयो ।
उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको सम्झौतापछि भने कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरण गर्ने आशा बढेको बताइएको छ ।
कतिपय भने दुई कोरियाको अप्रिल २७ मा सम्पन्न शान्तिवार्ता तथा अमेरिका र उत्तर कोरियाबीच जुन १२ मा भएको वार्ता र चारबुँदे सहमति पत्रमा हस्ताक्षर पछि कोरियाली प्रायद्वीपमा औपचारिक रुपमै युद्ध अन्त्य भइसकेको बताउँछन् ।
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ