
कानो, नाइजेरिया, ३ असार – शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् ।
बोरनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो । बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमणकारीले विष्फोट गराएका बताइएको छ ।
सरकार पक्षधर लडाकू नेता बाबाकुरा कोलोले भन्नुभयो, आक्रमण बोको हराम समूहले गराएको भन्ने बिषयमा कुनै शङ्का छैन । घटनापछि पनि ग्रिनेडको सहयोगमा घटनामा उद्धार गरिरहेका र उद्धारका समय वरपर बसेर हेरिरहेका सर्वसाधारणलाई आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् । घाइतेमध्ये केही मानिसको अवस्था गम्भीर रहेको बताउदै मृतक सङ्ख्या केही बढ्न सक्ने बताइएको छ ।
नाइजेरियामा बोको हरामविरुद्ध लगातार सरकारले चलाएको सुरक्षा कारबाही पछि पछिल्लो समय बोको हरामका गतिविधिमा केही कमी देखिएका समय उत्तरी क्षेत्रमा पुनः आक्रमण भएको हो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा