
वासिङटन, संयुक्त राज्य अमेरिका, ३ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को आगामी जुलाई ११ र १२ गते हुने भनिएको सम्मेलनमा सहभागी हुन यूरोप आएका समय रूसी समकक्षीसँगसमेत भेट्ने बताइएको छ ।
वार्ताको तयारीका लागि रूसका लागि अमेरिकी राजदूत जोन हन्टम्यानले मस्को भ्रमणमा जाने रिपब्लिकन पार्टीका सांसदहरूको प्रतिनिधिमण्डलको चयन गरिरहेको रूसी समाचार संस्था तासले जनाएको छ ।
गत हप्ता रूसी राष्ट्रपति पुटिनले आफू रचनात्मक वार्ताका लागि ट्रम्पसँग भेटवार्ता गर्न चाहेको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी नेता पुटिनलाई भेटका लागि गत अप्रिलमा निमन्त्रणा दिनुभएको थियो ।
रूसी उप विदेशमनत्री सेर्गेइ रयाकोवले केही समय पहिले भेटवार्ताबारे सङ्केत गर्दै यस किसिमका सम्बन्धले मस्को र वासिङ्टनको सम्बन्ध सुधार हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
यदि आगामी महिना दुईनेताबीच भेट भए उहाँहरूबीच हुने यो तेस्रो प्रत्यक्ष भेट हुनेछ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]