मस्को, रूस, २ असार – फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीको विश्वकप अन्तर्गत शनिबार भएको खेलमा पेनाल्टी प्रहार विफल हुँदा यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।
अर्जेन्टिनाका सर्गियो अग्युरोले खेलको १९ औँ मिनेटमा गोल गरेर आफ्ना समर्थकलाई खुशी तुल्याए । तर उक्त खुशीलाई आइसल्याण्डले धेरै समय रहन दिएन ।
खेलको २३ औँ मिनेटमा आइसल्याण्डका फिन बोगासनले गरेको सानदार गोल नै अर्जेन्टिनाको खेललाई बराबरीमा राख्न सफल सावित भएको छ ।
समूह ‘घ’ बाट भएको पहिलो खेलमा अधिकांश समय बल अर्जेन्टिनाको नियन्त्रणमा रहेपनि गोल लगाउन भने दक्षिण अमेरिकी समूह चुकेको छ ।
फ्रान्सद्वारा अष्ट्रेलिया २–१ ले पराजीत
काजन, रूस, २ असार – विश्वकप फुटबलको तेस्रो दिन तथा समूह ‘ग’ अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजीत गरेको छ ।
काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रीज्म्यानले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को पहिलो निर्णयको माध्यमबाट पाएको पेनाल्टी सुटआउटको अवसरलाई सिधै गोल गरे । खेलको पहिलो हाफमा बराबरी रहेको अष्ट्रेलियालाई दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेर खेल आफ्नो पकडमा लिन सफल भएको थियो ।
फ्रान्स विश्वकप फुटबलमा यस वर्षमात्र प्रयोगमा ल्याइएको भिएआर प्रणालीको माध्यमबाट आफ्नो पोल्टामा निर्णय पार्ने भाग्यमानी पहिलो टोली भएको छ ।
फ्रान्सले गोल गरेको चार मिनेटभित्रै ६२ औँ मिनेटमा अष्ट्रेलियालाई मिलेको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै माइल जेदिनाकले खेललाई बराबरीमा सीमित गराए ।
तर खेलको अन्तिम समयतिर ८१ औँ मिनेटमा फ्रान्सका पाउल पोग्वाले गोलका लागि पाएको सुन्दर अवसरलाई सदुपयोग गरेपछि अष्ट्रेलियाका लागि खेलमा निकै ‘प्रेसर’ परेको थियो ।
दुवै समूहले निकै प्रतिस्पर्धात्मक रूपमा आफूलाई प्रस्तुत गर्दा खेल निकै उत्साहजनक थियो । तर खेलमा पोग्वाको दोस्रो गोल नै फ्रान्सको विजयका लागि निर्णायक भएको थियो ।
विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत गएराती भएको दुई खेल मध्ये पहिलो खेलमा उरुग्वे विजयी भएको छ भने दोस्रो खेलमा पोर्चुगल र स्पेन बराबरीमा रोकिएका छन् ।
समूह बी अन्तर्गतको दोश्रो खेलमा स्पेन र पोर्चुगलबीचको भीडन्तमा पोर्चुगलका क्रिश्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरेका छन् ।
खेलको ८८ औं मिनेटमा फ्रि किकमार्फत आकर्षक गोल गर्दै रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरेका हुन् ।
खेलको तेस्रो मिनेटमै रोनाल्डोको पेनाल्टीमार्फतको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । रोनाल्डोलाई स्पेनका न्याचोले डि एरियाभित्र गल्ती गरेपछि पेनाल्टी पाएका हुन् । दुवै रियल म्याड्रिडमा सँगै खेल्ने खेलाडी हुन् ।
त्यसैगरी पहिलो खेलमा समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १ – ० गोल अन्तरले हराएको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए ।
सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग यस पटक निकै प्रतिस्पर्धात्मक खेल खेलेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित