मस्को, ३० जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ ।
ट्रम्प र किमबीच भएको अभूतपूर्व वार्ताको क्रेमलिनले स्वागत गरेको हो । यसरी प्रत्यक्ष उपस्थित भई दुई नेताबीचको वार्ता स्वागतयोग्य भएको क्रेमलिनका प्रवक्ता दमित्रि पेस्कोभले पत्रकारहरुलाई बताउनुभयो ।
मङ्गलवार सिङ्गापुरमा उत्तर कोरिया र अमेरिकी नेताबीच भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको निम्तो नेता किम जोङ उनले स्वीकार गर्नुभएको छ ।
सिङ्गापुरमा दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले किमलाई ह्वाइट हाउसमा भ्रमणको निम्तो दिनुभएको थियो । साथै किमले पनि ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिनुभएको छ ।
भ्रमणको निम्तोले दुई नेताबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ । तर केही आलोचकहरूले भने उत्तर कोरियाली नेताका लागि यो प्रचारबाजीको अर्को मौका भएको पनि बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको प्रयत्क्ष भेटवार्ताको विश्वले नै स्वागत गरेको छ । यस वार्ताले कोरियाली प्रायद्वीपमा द्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ ।
यस वार्ताको सफलताले दुई कोरियाबीच वर्षौदेखि छुट्टिएका दाजुभाइ, दिदीबहिनी र परिवारजनको पुर्मिलनको सुनौलो आशा पलाएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा