मस्को, ३० जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ ।
ट्रम्प र किमबीच भएको अभूतपूर्व वार्ताको क्रेमलिनले स्वागत गरेको हो । यसरी प्रत्यक्ष उपस्थित भई दुई नेताबीचको वार्ता स्वागतयोग्य भएको क्रेमलिनका प्रवक्ता दमित्रि पेस्कोभले पत्रकारहरुलाई बताउनुभयो ।
मङ्गलवार सिङ्गापुरमा उत्तर कोरिया र अमेरिकी नेताबीच भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको निम्तो नेता किम जोङ उनले स्वीकार गर्नुभएको छ ।
सिङ्गापुरमा दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले किमलाई ह्वाइट हाउसमा भ्रमणको निम्तो दिनुभएको थियो । साथै किमले पनि ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिनुभएको छ ।
भ्रमणको निम्तोले दुई नेताबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ । तर केही आलोचकहरूले भने उत्तर कोरियाली नेताका लागि यो प्रचारबाजीको अर्को मौका भएको पनि बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको प्रयत्क्ष भेटवार्ताको विश्वले नै स्वागत गरेको छ । यस वार्ताले कोरियाली प्रायद्वीपमा द्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ ।
यस वार्ताको सफलताले दुई कोरियाबीच वर्षौदेखि छुट्टिएका दाजुभाइ, दिदीबहिनी र परिवारजनको पुर्मिलनको सुनौलो आशा पलाएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]