काठमाडौँ-विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल भिडन्तमा एपिएफले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको २१० रनको लक्ष्य एपिएफले ४१ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यता समूह चरणको खेलमा भने एपिएफ आर्मीसँग पराजित भएको थियो । उपाधिसहित एपिएफले रु २० लाख प्राप्त गरयो ।
त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मीले रु १० लाख पायो । टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल बनायो । आर्मीका लागि भीम सार्कीले ४५ रन बनाए भने सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ तथा राजेश पुलामी मगरले २७ रन जोडे ।
बलिङतर्फ एपिएफका करण केसीले एक्लैले ३ तथा वसन्त रेग्मी र भुवन कार्कीले २-२ विकेट लिए । दुई सय १० रनको लक्ष्य पछ्याएको एपिएफको जीतमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । शाह र ऐरीले ६३-६३ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेलले १४, पृथु बाँस्कोटाले ३२, रोहितकुमार पौडेलले १५ तथा करण केसीले पनि समान १५ रनको योगदान दिए ।
बलिङतर्फ आर्मीका सोमपालले तीन विकेट लिए भने विक्रम सोबले एक विकेट झारे । एपिएफका अनिल फाइनल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि आर्मीका सागर पुन घोषित भए । उनले रु एक लाख प्राप्त गरे । यस्तै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान एपिएफका प्रदीप घोषित भए भने प्रतियोगिताको उत्कृष्ट बलर आर्मीका सुसन भारी चुनिए । प्रदीप र सुसनले जनही रु ५० हजार हात पारे ।
प्रतियोगिताको इमर्जिङ प्लेअर प्रदेश ४ का हरिबहादुर चौहान चुनिए । उनले पनि रु ५० हजार पाए । विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिष्दका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता