
बेलायत । नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र मिसन टु हेल्प नेपाल नामक च्यारिटी संस्थासँगको सहकार्यमा युके बाक्सिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मंसिर १५ र १६ गते दुई दिन संन्चालन गरिएका उक्त शिविरमा १५ गाविसका १ हजार ५० जना बिरामीले स्वास्थ्य सेवा लिएको गैर आवासीय नेपाल संघ युकेका उपाध्यक्ष हीराधन राईले जानकारी दिए ।
स्वास्थ्य चौकी भवन, बाक्सिलामा बिहान ९ देखि सांझ ५ बजेसम्म चलेको स्वास्थ्य शिविरको पहिलो दिन बाक्सिला, दिप्सुंग, वादेल, ऐसेलुखर्क, सुङ्देल, राखा र माक्पा गाविस तथा दोश्रो दिन बास्पानी, खार्ताम्छा, फेदी, पाथेका, खार्मी, जाल्पा, सप्तेश्वर र दुवेका स्थानीय बासिन्दालाई सेवा उपलब्ध गराइएको शिविरका संयोजक समेत रहेका राईले बताए ।
विशेषज्ञ चिकित्सकले हेरे लगत्तै जटिल प्रकृतिका बिरामीहरु स्पाईनल ईन्जुरी, रुखबाट लडेर ढाड भाँचिएका, ६ वर्षदेखि भुँडी सुन्निएका र हात भाँचिएर तेतिकै गाउँमा बसेका बिरामीहरुलाई काठमाण्डौंको नर्भिक अस्पतालमा थप निशुल्क उपचारको लागी रेफर गरिएको थियो ।
शिविरमा आएका महिलाहरुमध्ये ६० प्रतिशतको आङ्ग खस्ने समस्या थियो ।
मिसन टु हेल्प नेपालकी अध्यक्ष बबिता लामाले नर्भिक अस्पतालले चिकित्सिक टोली, नर्स, औषधी र उपकरण निःशुल्क रुपमा उपलव्ध गराएकाले शिविरमा साना ठूला सबै रोगका बिरामीले उपचार तथा औषधी पाएको बताइन् । उनी शिविर सन्चालनका लागि बेलायतबाट गएकी थिइन् ।
नर्भिकका महाप्रबन्धक रवि शर्माले नर्भिक अस्पतालले गरेको निःशुल्क स्वास्थ्य शिविरहरुमध्ये बाक्सिलाको शिविर अहिलेसम्मकै सफल र ठूलो भएको जानकारी दिए ।
शिविरका लागि गएका चिकित्सक आवास र खानपिन एवं औषधि लैजान हेलिकप्टरका लागि रावाखोला सेरोफेरो यूकेबाट छुटै टिम बनाइएको थियो । जस्मा मेजर दिलकुमार राई, मेजर योगेश राई, महासचिव सप्तराज राई र एनआरएन युके उपाध्यक्ष हिराधन राईले शिविरको व्यवस्थापन गरेका थिए ।
शिविरमा नर्भिकबाट चिकित्सकहरु जनरल फिजिसियन एवं गाइनोलोजिष्ट डा बन्दना पाण्डे, जनरल फिजिसियन डा प्रगति थापा, सर्जन डा गौरवराज ढकाल, कार्डियोलोजिष्ट डा शिवजी सिलवाल, महाप्रवन्धक रवि शर्मा र सिनियर नर्स सृष्टि रावत र बेलायतबाट दुई जना नर्सहरु बविता लामा र सुनिता राईले साथ दिएका थिए । शिविरका लागि सबै उपकरण र औषधी लगायतको व्यवस्थापन नर्भिककी निर्देशक मेघा चौधरी शाक्यले समन्वय गरेकी थिइन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]