वासिङटन, २५ जेठ – अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ ।
क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लाग्नुभएका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लाग्नु भएको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को हप्ता मङ्गलबार हुने शिखर वार्ताको लागि उहाँ क्यानाडाबाट सिधै सिङ्गापुरतर्फ जान लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
ह्वाइट हाउसका प्रवक्ता सरह सनडेर्सका अनुसार क्यानाडामा हुने जि-७ को सम्मेलनको लागि शनिबार मध्याह्न अगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्नुहुने बताइएको छ ।
ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी गराइएको छ । क्यानाडाको क्युबिकमा आइतबार जि-७ को बैठकमा उहाँ सहभागी हुनुहुने छ ।
ट्रम्प र किमबीच सिङ्गापुरको सान्तोसा द्वीपमा अवस्थित कापेल्ला होटेलमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ ।
सिङ्गपुरमा कति दिनको लागि बस्ने भन्ने बारेमा भने सो विज्ञिप्तमा केही खुलाइएको छैन । राष्ट्रपति ट्रम्पले पनि त्यहाँ बस्ने समय कुनै निश्चित नभएको बिहीबार बिहान सञ्चार माध्यमलाई बताउनु भएको छ ।
उहाँले सम्वाददाताहरुसँग भन्नुभयो– ‘एक दुई वा तीन जति दिन पनि हुनसक्छ तर त्यो त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ ।’
उक्त वार्ताको तयारी पूरा भएको संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले जानकारी दिएका छन् । ती देशका अधिकारीहरुले सो वार्ताका लागि आफूहरुले अन्तिम तयार गरेको जनाएका हुन् ।
यसैबीच संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री सिन्जो आबेले बिहीबार मात्र अमेरिकाको भ्रमण गर्नुभएको छ ।
उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग सोही वार्ताकै विषयमा आवश्यक छलफल गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आजको तीन दिनपछि अर्थात् जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ ।
अहिले पनि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपटि ट्रम्पले पनि विभिन्न देशका सरकार प्रमुखहरुसँग फोनवार्ता गर्नुभएको छ ।
ती वार्ताहरुमा आगामी शिखर वार्ताको बारेमा अमेरिकाले विभिन्न देशको धारणा बुझ्ने काम गरेको पनि समाचारमा बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जापानसँग महिना दिन यता यो दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको बताइएको छ ।
यस वार्तालाई उत्तर र दक्षिण कोरिया र अमेरिकामात्र नभएर विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो ।
उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो अनेकौँ ट्वीटहरुमा यस वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गर्नुभएको छ ।
यस वार्ताका लागि अमेरिका र उत्तर कोरिया पनि निकै सकारात्मक देखिएका छन् । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गर्नुभएको छ । त्यस्तै राष्ट्रपत ट्रम्पले पनि समय समयमा दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि फोन वा भेटवार्ता गरिरहनुभएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा