जम्मु, भारत, २५ जेठ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति सरकार गम्भीर रहेको गृह मन्त्री राजनाथ सिंहले बताउनु भएको छ ।
प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्तो बताउनु भएको हो ।
“हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं, माओवादीहरूले हार्ने लडाई लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,” जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
प्रहरीले बिहीबार मात्रै पुनेबाट पक्राउ गरिएका पाँच जनामध्ये एक जनाबाट रतीय कम्युनिष्ट पार्टी (माओवादी) सँग सम्लग्नता रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाएको छ ।
उनीहरुले प्रधानमन्त्री मोदी र पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई बताएको छ ।
गृहमन्त्री सिंहले नक्शालवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दावी पनि गर्नुभयो । विद्रोहीहरू १३५ जिल्लाबाट ९० जिल्लामा खुम्चिइसकेको र दश जिल्लामा मात्रै सक्रिय भएको उहाँको भनाई छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा