लन्डन । केही साताअघि बेलायती सेनाको उच्च सैनिक अधिकृत पद लेफ्टिनेन्ट कर्णेलमा पदोन्नति भएका गोर्खा सैनिक यमबहादुर रानालाई अल्डरसटमा सम्मान गरिएको छ । निरमाया रोधीघरमा आयोजित एक कार्यक्रममा रानालाई राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बेलायत शाखा, एसियन महिला समूह र निरमाया रोधीघरले खादाले सम्मान गरेका हुन् । राना गल्फ क्लव टिमका तर्फबाट डिनरमा सहभागी हुने क्रममा ति संस्थाले सम्मान गरेका थिए ।
प्रतिष्ठानका संयोजक मोहन गुरुङ, एसियन महिला संघका अम्बिका शाही र सल्लाहकार शान्ति थापा कुंवर तथा निरमाया रोधीघरका प्रोपाइटरहरु गणेश गुरुङ र धन गुरुङले रानालाई सम्मान गर्दै वधाइ दिएका थिए ।
उक्त अवसरमा रानाले धन्यवाद ज्ञापन गर्दै आफ्नो निरन्तर लगाव र संघर्षका कारण बेलायती सेनाको उच्च पदमा पुग्न सफल भएको बताए । उनले आफ्नो सफलता भावी पिंढीका लागि समेत प्रेरणाको श्रोत बन्ने बताएका थिए ।
गुल्मी लिम्घाका यमबहादुर राना बेलायती सेनाको उच्च सैनिक अधिकृत पद लेफि्टनेण्ट कर्णेल पदमा पुग्ने नेपाली मूलका तेस्रो नेपाली हुन् । तर, उनी सेकेण्ड लेफि्टनेण्ट (स्यान्डर्सस्ट) कोर्स नगरी यो पदमा पुग्ने पहिलो नेपाली हुन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’